अछामको तुर्माखादमा बृहत सांस्कृतिक महोत्सव हुँदै ।।

0
711

कमल रावल असाेज २१ अछाम , अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३ हुने भएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुका वेजोड प्रस्तुतिका साथमा यहि कात्तिक ७, ८ र ९ गते भब्य कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । दिपावलिको अवसर पारेर तुर्माखाँद युथ एण्ड स्पोर्ट क्लबको आयोजनामा आफनो कला संस्कृत बचाउनका लागि महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष बम बहादुर बुढाले बताउनु भयो । कार्यक्रमलाई सफल पार्नका लागि जिल्लास्तर तथा छिमेकि जिल्लामा प्रचारप्रसारको कार्य अघि बढाईएको उहाँले बताउनु भयो । ३ दिन सम्म चल्ने महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, गोपाल नेपाल जिएम, अनिता चलाउने, तुल्सी घर्तिमगर, चिरञ्जीवी सापकोटा लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहने भएका छन । यस्तै अन्य कलाकार सागर देव, फराज अर्पण, पुथ्वी शाही, दिलिप भाईरस, सुरेन्द्र बुढा, जोसेफ शाही, अमृता लामिछाने, डम्मर विक, सागर प्रसाई, सरला शाही, धिरेन्द्र शाही, उपेन्द्र विसि लगाएतका समेत आफना आफना प्रस्तुती रहने भएका छन । सास्कृतिक महोत्सवकै अवसरमा कात्तिक ९ गते बाटै खुल्ला भलिवल प्रतियोगिताको आयोजना समेत गरिएको छ । अछाम, कालिकोट, दैलेख तथा सुर्खेत जिल्लाको भलिवल टिमको सहभागिता रहने प्रतियोगितामा उपाधि जित्नेले नगद २० हजार हात पार्नेृ क्लबका सदस्य पुथ्वी शाहीले बताउनु भयो ।

NO COMMENTS

LEAVE A REPLY