अछामको मुजाबगरमा ट्याक्टर दुर्घटना हुदा दुई महिलाको मृत्यु

0
321

रेडियो रामारोशन, अछाम
अछामको रामारोशन गाउँपालिका स्थित मुजाबगर बजारमा ट्याक्टर दुर्घटना हुदाँ दुई महिलाको मृत्यु भएको छ । बिहान पौने ११ बजे रामारोशन गाउँपालिका कार्यालय अगाडी भएको दुर्घटनामा रामारोशन गाउँपालिका ६ भटाकाटियाकी ३३ बर्षीया कलसीदेबी साउँद र वडा नम्बर ७ की नरुदेबी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलाली घोडाघोडी नगरपालिकाका ४० बर्षीय कालीचरण चौधरी र रामारोशन गाउँपालिका ५ का ४० बर्षकै डम्मर बटाला घाइते भएका छन् । घाईते दुबै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताउनुभयो । ढुंगा लोड गरेर मुजाबगर फर्किदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर ब्रेक फेल भएपश्चात अगाडीको टायर भाच्चिएको थियो भने अनियन्त्रित भएर सडकबाट पल्टिएको थियो । मृतक दुबैजना महिलाहरु एकल महिला रहेको र गाउँपालिकाले आयोजना गरेको सिलाईकटाई तालिममा सहभागि हुनका लागि घरबाट आएका थिए । घाईतेको उद्धार मृतकको शव निकाल्न करिब एक घण्टाको समय लागेको थियो ।

NO COMMENTS

LEAVE A REPLY