अछाममा बाझो भैसी निकासी गर्न पाउने प्रबधान भएपनी अबैध रुपमा भने तस्करी, प्रशासनीक निकाय भने यसबारे मौन ।।

0
922

केशव भुल, १६, अछाम
अछाम जिल्लामा टेण्डर प्रक्रियाबाट बाझो भैसी निकासी गर्न पाउने प्रबधान भएपनी अबैध रुपमा भने तस्करी बढ्दै गएको छ । हीच्मा, ढकारी हुदै डोटी, ढुंगाचाल्ना, तुर्माखाद, रहफ र रानीबान हुदै सुर्खेत, बयाला कालीकास्थान हुदै दैखेल र रामारोशन हुदै कालीकोट तिर भैसी तस्करी बाट निकासी भईरहेका छन् । कमलबजार बाट खुल्ला रुपमा भैसी लिएको देख्दा समेत प्रशासनले रोक नलगाएको ठेकेदार दिनेश बहादुर शार्कीले बताउनुभयो । उहाले भैसी आफ्नो टेण्डर बाहीरका व्यक्तिले लिएको भन्दै ईलाका प्रहरी कार्यालयमा निबेदन दिएको समेत बताउनुभएको छ । प्रशाशनले भने आफुहरुलाई यसबारेमा जिल्लाबाट केही जानकारी नआएकोले आफुले यसमा अहीले तत्काल केही गर्न नसक्ने जनाएको छ । अछामका प्रहरी प्रमुख दिलीपसींह देउबाले यसबारेमा जिल्ला बिकास समीतीले आधीकारीक पत्र दिएर आफुहरुलाई अबैध रुपमा भैसी निकासी रोक्नका लागी अनुरोध गरेमा मात्र रोक्न सकीने बताउनुभयो । ठेकेरदार बाटै अबैध रुपमा भैसी निकासी भएको खवर आएकाले जिल्लाका सम्पुर्ण प्रशासनीक निकायलाई भैली निकासी भएको देखेमा ठेकेदारका प्रतीनीधी बाट गए नगएको चेक जाच गरेर मात्र पठाउन अनुरोध गरेको छ । जिल्लाबाट भैसी खरीद बिक्री गर्न यसअघी निषेध भएपनी आन्तरीक रुपमा तस्करी बढ्न थालेपछी जिल्ला बिकास समीतीले यस आर्थीक बर्षबाट टेण्डर आव्हन गरी भैसी खरीद बिक्री गर्नपाउने व्यवस्था गरेको हो । जिल्ला बिकास समीती अछामका सामाजीक बिकास अधीकृत खडक बिष्टले जसको नाममा टेण्डर परेको हो उसैले मात्र बाझो भैसी खरीद बिक्री गर्न पाउने बताउनभयो । टेण्डर संग सम्बन्धीत व्यक्ति बाहेक अरुले आन्तरीक रुपमा र छुट्टै तरीकाले खरीद बिक्री गरेको भेटीएमा कानुन अनुसार कारबाही हुने बिष्टको भनाई छ ।

NO COMMENTS

LEAVE A REPLY