अछाम जिल्लामा यो बर्ष एसएलसी पुरक परिक्षामा २ हजार २ सय ४३ जना परिक्षार्थी ।।

0
69

कमल रावल, साउन १४ अछाम
अछाम जिल्लामा यो बर्ष एसएलसी पुरक परिक्षामा २ हजार २ सय ४३ जना परिक्षार्थीले परिक्षा दिने भएका छन् । पुरक परिक्षा २०७१ अन्तर्गत अछाम जिल्लाका ४ परिक्षा केन्द्र मार्फत ती विद्यार्थीले परिक्षा दिन लागेका हुन् । आउँदो साउन २० गते देखि २७ गते सम्म संचालन हुने परिक्षा सदरमुकाम मंगलसैनका ४ परिक्षा केन्द्रमा संचालन हुने र त्यसको आवश्यक तयारी पनि भैरहेको जिल्ला शिक्षा कार्यालयका परिक्षा फाँटका प्राविधिक सहायक श्यमबाबु साहले बताउनु भयो । उहाँका अनुसार पुरक परिक्षार्थी सबैभन्दा बढी गणित विषयका रहेका छन् । गणितमा १ हजार ४ सय ६६ परिक्षार्थी रहेका छन् भने त्यसपछि अंग्रेजीमा एक हजार ७० परिक्षार्थी रहेका छन् । विज्ञानमा पुरक परिक्षा दिने विद्यार्थीको संख्या ३ सय सत्सट्टी रहेको छन् भने सामाजिक विषयमा २ सय ४९ जना पुरक परिक्षार्थी रहेका बताईएको छ । सबैभन्दा कम लेखा विषयमा १ जना परिक्षार्थी रहेका छन् । चारवटै परिक्षा केन्द्रमा केन्द्राध्यक्ष तोक्ने कार्य समेत भैसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परिक्षार्थीले प्रवेश पत्र र अनुमती पत्रका साथमा परिक्षा दिन आउनु पर्ने भन्दै परिक्षा फाँटका प्राविधिक सहायक साहले आगामी बर्षदेखि देशभर एसएलसी परिक्षामा ग्रेडिङ पद्धति प्रयोग गरिने भएकोले यो अन्तिम पुरक हुनसक्ने बताउनु भयो । यसको आधिकारीक जानकारी आउन भने बाँकी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY