अस्ट्रेलियन क्रिकेटर स्मिथले जिते दुई अवार्ड

0
481
– एजेन्सीको सहयोगमा

पुस ९
अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ यो वर्षको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । उनले आइसिस क्रिकेटर अफ द इअर घोषित भएर सर गरफिल्ड सोबर्स ट्रफी हात पारे । स्मिथले सन् २०१५ मा खेलेका २६ एक दिवसीय खेलमा १२ सय ४९ रन बनाएका थिए । उनी वर्षको उत्कृष्ट क्रिकेटेर चुनिने चौंथो अस्ट्रेलियन खेलाडी हुन् । यसअघि मिचेल जोन्सन र रिकी पोन्टिङ समान दुई पटक तथा माइकल क्लार्क एक पटक उत्कृष्ट क्रिकेटर चुनिएका थिए । स्मिथ यो वर्ष आइसिसी टेष्ट क्रिकेटर अफ द इयर पनि भए । दक्षिण अफ्रिकाका एबी डी भिलियर्स आइसिसी ओडिआई क्रिकेटर अफ द इयर भने भने फाप डु प्लेसिस आइसिसी ट्वेन्टी–ट्वेन्टी आई पर्फर्मेन्स अफ द इयर भए ।

NO COMMENTS

LEAVE A REPLY