आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गरिने रक्षामन्त्रीको भनाइ ।।

0
588

रेडीयो रामारोशन अछाम
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आवश्यक परे नेपाली जनता र मुलुकको सुरक्षाको लागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने बताउनु भएको छ । रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा मन्त्री रावलले जनता र जमिनको रक्षाको लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालित हुने उल्लेख गर्नु भएको हो । आवश्यक परे जनतालाई पनि राज्यले खटाउन सक्ने संबैधानिक ब्यवस्था रहेकाले अहिले नेपाल प्रहरीमात्रै परिचालित रहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री रावलले भारतसँग कुटनीतिक र अनौपचारिक रुपमा सरकारले संबाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । भारतले अत्यावश्कीय बस्तु रोक्दा जनताजनतावीचको सम्बन्धमा समस्या देखिएको उहाँको भनाइ छ । नाकामा देखिएको अवरोध र नेपाल भित्रको राजनीतिक विषयलाई एकै ठाँउ मिसाउनु नहुनेमा जोड दिदै उपप्रधानमन्त्री रावलले मधेसी मोर्चालाई बार्ताबाट समस्या समाधान गर्ने भए आन्दोलनको स्वरुप फेर्न आग्रह गर्नुभयो ।

NO COMMENTS

LEAVE A REPLY