उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व विधिवत् सम्पन्न ।।

0
525

काठमाण्डौँ कात्तिक २२
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर भक्तजनहरु रातभर ब्रत बसेका थिए । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर फर्किने क्रममा रहेका छन् भने केही फर्किसकेका छन् । तराईका विभिन्न जिल्लाहरूसहित राजधानीमा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको पिठो, फलपूmल, विभिन्न खाद्यान्नलगायतका पूजा सामग्रीहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रूपमा दिइने गरिन्छ । छठको पूजा सागम्रीहरू तयार गर्दा चोखो राख्नुपर्ने जनविश्वास छ । छठका सामग्रीहरू चोखो नराखेमा अनिष्ट हुने मान्यता छ । जनकपुरका मुख्य पोखरीहरू धनुषसागर, गङ्गासागर अरगजा, विहारकुन्ड, अत्ग्नीकुण्डलगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूमा बिहानैदेखि व्रतालुहरूको ठूलो भीड लागेको थियो । छठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ, केही वर्षयता नेपाली भाषी तथा कतिपय मुस्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।

NO COMMENTS

LEAVE A REPLY