एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने माग ।।

0
536

कमल रावल भदौ १४ अछाम
साक्षर एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने अछामका एकल महीलाले माग गरेका छन । अधीकांश एकल महीलाको जीवीकोपार्जनमा समस्या भईरहेको भन्दै उनीहरुले शीक्षीत र साक्षर महीलालाई उनीहरुको क्षमता र योग्यता अनुसारको रोजगारीको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका हुन । क्रियाशील पत्रकार महीला अछामले आज मंगलसेनमा गरेको जिल्लामा एकल महीलाहरुको अवस्थाका बारेमा गरेको सन्डेक्लबमा उपस्थित अधीकांश एकल महीलाहरुले सरकारले विशेष अधीकार सहित एकल महीलाहरुलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका हुन । क्रियाशील पत्रकार महीला डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षता तथा मानव अधीकारका लागी जिल्ला एकल महीला समुह अछामका अध्यक्ष मथुरा जैगडीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा उनीहरुले समाजमा अझैपनी एकल महीलालाई हेर्ने दृष्टीकोणमा परीवर्तन हुन नसकेको भन्दै आफुहरुको सम्मान पुर्वक बाच्न पाउने अधीकार सुनीश्चीत हुनुपर्ने माग गरेका छन । यस्तै सरकारले जिल्लामा महीलाको लागी विनीयोजन गर्ने बजेटमा एकल महीलाहरुको पहुँच नभएको उनीहरुले बताएका छन । प्रत्येक वर्ष महीलाहरुको लागी जिल्लामा आउने बजेटको केही प्रतीशत रकम एकल महीलाहरुको विकासका लागी पाउनु पर्ने भएपनी त्यो रकम अन्यत्र खर्च गर्ने गरेको भन्दै गुनासो पोखेका छन । नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी विशिष्ट अतीथी रहनु भएको कार्यक्रममा एकल महीला समुह अछामका पदाधीकारी, स्थानीय एकल महीला, डब्लुडब्लुजे अछामका सम्पुर्ण पदाधीकारीको उपस्थिती रहेको थीयो । कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विद्युत्मा रैकाले गर्नुभएको थीयो भने उपाध्यक्ष सर्मिला धरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

NO COMMENTS

LEAVE A REPLY