एमालेले १० र माओवादीले ८ मन्त्रालय पाउने

0
160

काठमाडौं, फागुन १०
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा १८ वटा मन्त्रालय हुने भएका छन । बिहीबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा १८ वटा मन्त्रालय बनाउने र एमालेले १० मन्त्रालय राख्ने तथा माओवादीलाई ७ वटा मन्त्रालय दिने मोटामोटी सहमती भएको ओली निकट स्रोतले जनाएको छ । एमालेले रक्षा, परराष्ट्र, अर्थ तथा योजना, संघिय मामिला तथा सामान्य प्रशासन, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सूचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा खेलकदु, कानुन र पर्यटन मन्त्रालय लिने अनौपचारिक सहमती भएको छ । यस्तै माओवादीले गृह, उद्योग वाणिज्य तथा आपुर्ती, जलस्रोत, बन तथा वातावरण, कृषी शहकारी तथा भुमी व्यवस्थापन, श्रम रोजगार तथा महिला बालबालिका र शहरी विकास आवास, खानेपानी तथा सरसफाइ मन्त्रालय लिने मोटामोटी सहमती भएको माओवादीका एक नेताले उज्यालोलाई जानकारी दिनुभयो । बिहीबार नयाँ मन्त्री थप्ने तयारी भएपनि एमाले र माओवादीमा मन्त्री बन्नेको सूची धेरै भएकोले बिहीबार मन्त्रीपरिषद् विस्तार हुन सकेन ।

NO COMMENTS

LEAVE A REPLY