एमाले अब गाउ गाउमा जाने एमाले जिल्ला कमीटी अध्यक्षा कुवरकाे भनाइ ।

अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने, पत्रकार सम्मेलनगरि निर्णय सार्वजनीक । नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराएको हो । पार्टिले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यन्वयन एमालेको अभियान भन्ने नाराका साथ मंसिर २१ गते मंगलसेनमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने र भेलामा सबै जिल्ला कमीटी सदस्य, सबै क्षेत्रीय कमीटीका पदाधिकारी, नगरकमीटीका पदाधिकारी, गाउ तथा नगर कमीटीका अध्यक्ष लगायत पेशागत महासंघका पदाधिकारी सहभागी हुने भएका छन । कार्यक्रममा सहभागीताका लागी पार्टिले सबैलाई अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मंसिर ६ गते क्षेत्र न १ को साफेबगरमा र मंसिर ८ गते क्षेत्र न २ को बैठक गर्ने, र क्षेत्र नम्बर १ मा माघ ७ गते तथा माघ ८ गते कमल बजारमा कार्याकर्ता भेला गरिने बताईएको छ । यस्तै जनबर्गिय संगठन र गाउकमीटीका बैठकहरु मंसिर मसान्त भित्र गर्ने, गाउ अधिबेशन पौस मसान्त भित्र गरिसक्ने , ईलाका अधिबेशन माघ मसान्त भित्र गर्ने, क्षेत्रीय कमीटी, क्षेत्रीय जनबर्गिय संगठनका बैठक मंसिर १५ भित्र गर्ने, ईलाका अधिबेशन पौस मसान्तम भित्र गर्ने, जनबर्गिय संठनका अधिबेशन माघ १५ भित्र गर्ने, क्षेत्रीय स्तरका आमसभा फागुन पहिलो साता भित्र गर्ने निण सार्वजनीक गरेको छ । सोही अवसरमा कालापानी, केतुकादा,कुसेडी,मैथुन,कालेकाडा,रहफ,सुजेडा,बयालपाटा लगाएतका विभीन्न ठाउमा जनजातीका बिचमा सदभाव कार्यक्रम गर्नुका साथै क्षेत्रीय स्तरमा सहभोज कार्यक्रमको समेत आयोजना गर्ने पार्टिले जानकारी गराएको छ । पार्टिले विभीन्न मितीमा गरिने भेला तथा प्रशिक्षण कार्यक्रममा समसामयीक राजनीती, अभियान संञ्चालन र महत्व, आर्थिक ब्याबस्थापन संविधानका बिशेषताका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिईने जनाएको छ । जिल्लाका सबै ठाउमा गरिने कार्यक्रममा संविधान निर्माणमा पार्टिले खेलको नेतृत्वदायी भूमीका, पार्टि सरकारमा रहेको बेला गरेका उपलब्धी, स्थानीय निर्वाचनाको लागी दबाब सृजना गर्ने, पार्टिको संगठानत्मक ढाचा रुपान्तरण गर्ने लगायतका उदेश्यले यो अभियानको थालनी गरिएको पार्टि अध्यक्ष कुवरले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा जिल्ला कमीटीका केही पदाधिकारीलाई जिल्ला कमीटी सचिवालयमा र बैकल्पीक सदस्यहरुलाई जिल्ला कमीटीको पूर्ण सदस्यमा मनोनयन गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै पूर्व सभासद सेमत रहेका एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले एमाले अछामले संञ्चालन गरेको अभियान सबैको साझा अभियान भएकाले यसमा साथ दिन सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । जिल्लामा रहेका विभीन्न समस्या तथा विकास निर्माणका कार्यमा एमालेले के गरिरहेको छ भन्ने पत्रकारको जिज्ञासामा उहाले एमालेले जहीलेपनी विकासका एजेण्डालाई पहीलो प्राथामीतामा राख्ने गरेको भन्दै पार्टिले अब जिल्लामा आर्थिक ब्याबस्थापनको अभियान संञ्चालन गर्ने बताउनुभयो । देशमा राजनीतीक क्रान्ती पुरा भएको भन्दै अब आर्थिक क्रान्तीको खाचो रहेको उहाको भनाई छ । जुनसुकै हालतमा पनी अब स्थानीय निकायको निर्वाचन हुनुपर्ने उहाको भनाई थियो । सोही अवसरमा बोल्दै एमाले प्रदेश नम्बर ७ का सदस्य तथा पार्टिका पूर्व अध्यक्ष कमल तिमलसैनाले देश बर्वाद गर्ने अधिकार कसैलाई नभएको भन्दै केही जिल्लामा स्थानीय निकाएको निर्वाचन नभएपनी संविधान कार्यन्वय हुने दाबी गर्नुभयो । स्थानीय निकाएको निर्वाचन गर्न जनतापनी सकारात्मक रहेको बताउदै यसको बिरोध गर्नेहरुलाई जनताले साथ नदिने भनाई राख्नु भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला कमीटी सचिवालय सदस्य बल बहादुर सोडारी, चक्र रावल, जंग बीक, हिरण्य भट्राई, जिल्ला कमीटी सदस्य नम राज न्यौपाने लगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *