एसिया कप क्रिकेट स् भारतले पाकिस्तानलाई ५ विकेटले हरायो ।।

फागुन १६ काठमाण्डौँ
एसिया कप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको छ । ८४ रनको सामान्य लक्ष्य भारतले १५ ओभर ३ बलमा ५ वीकेट गुमाएर भेटाएको हो । ब्याटिङ्गमा सुरुवात खराब भएका बेला भारतका लागि विराट कोहलीले ५१ बलमा ४९ रन बनाए । मोहम्मद सामीले कोहलीलाई १५ औँ ओभरमा आउट बनाएका थिए । सामीले लगत्तै हार्दिक पाण्ड्यालाई शून्यमै आउट बनाए । यस्तै भारतका लागि युवराज सिंहले १४ रन बनाए । पहिलो ओभरमै २ विकेट लिएर खेलमा फर्किने संकेत गरेपनि पाकिस्तानले चिर प्रतिद्वन्दी भारतलाई  हराउन भने सकेन । खेल मिलेमतोका कारण ५ वर्ष लामो प्रतिबन्धपछि टिममा फर्किएका मोहम्मद आमिरले ३ विकेट लिए । पहिलो ओभरमै दुवै ओपनर रोहित शर्मा र अजिन्क्या रहानेलाई खातै खोल्न नपाई आमिरले पबिलियन फर्काइदिंदा पाकिस्ताने खेलमा फर्किने छनक देखाएको थियो । आमिरले नै तेश्रो ओभरमा १ रन बनाएका सुरेश रैनालाई आउट गरे । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १७ ओभर ३ बलमा अलआउट हुनुअघि मात्र ८३ रन जोड्न सक्यो । उसका सर्फराज अहमदको २५ रन सर्वा्धिक थियो । उनले २९ बलमा ३ चौका प्रहार गरे । खुर्राम मञ्जुरले १० रन बनाउनु बाहेक कुनैपनि पाकिस्तानी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतको यो लगातार दोश्रो जित हो भने पाकिस्ताले प्रतियोगितामा भारतसँग पहिलो खेल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *