कुन्ति माबिको ५२ औं अभिभावक भेला तथा बार्षिक उत्सव सम्पन्न ।।

0
238

होम साउद, रेडियो रामारोशन अछाम
कुन्ति माध्यमिक बिद्यालय मङ्गलसेन नगरपालिका १ कुन्तिबण्डालिको ५२ वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ । बिदालय ब्यवस्थापन समिती अध्यक्ष रमेश बहादुर बोगटिको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो । नगर प्रमुख बोहराले किताब ज्ञान संगै ब्यावहारिक ज्ञान समेत लिन जरुरी भएको बताउनु भयो । कुन्ती माबिले पछिल्लो समय उदाहरण योग्य काम गरेको बताउनु भयो । आफुले अन्य बिदलयमा जादा पनि कुन्ती माबिको सरसफाइ, बाह्य बाताबरण र ब्यावस्थापन बारे उदाहरण दिने गरेको उहाँले बताउनु भयो । सकारात्मक समाज विकासका लागि सबै सरोकारवाला जिम्मेवार बन्न आग्रह गर्दै नगर प्रमुख बोहराले शैक्षिक विकासका लागि आफू निरन्तर लागि पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी झङ्कर बहादुर बिष्टले शिक्षाको गतिलाई अघि बढाउनका लागि सबै सरोकारवालाको हातेमालो जरुरि रहेकामा जोड दिनुभयो । यहाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि शिक्षक, अभिभावक र आम सरोकारवाला जिम्मेवार बन्नु आजको प्रमुख आवश्यकता भएको बिष्टले बताउनुभयो । जसले राम्रोसँग काम गर्याे त्यसलाई सबैले सहयोग गर्ने भन्दै जिसिअ बिष्टले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य भिम बहादुर राना बिशिस्ट अथिती रहनु भएको थियोे । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापा, वडानम्वर २ का वडा अध्यक्ष मान बहादुर बोगटि, माओवादी केन्द्रका जिल्ला सदस्य रामराज नाथ, नेपाली काङ्ग्रेसका चन्द्र जयगडि, पुर्ब बिब्यस अध्यक्षको तर्फबाट लोकराज नाथ, वडा सदस्य पुर्ण बहादुर राना, स्वास्थ्य चौकि कुन्तिका चन्द्रलाल कठरिया, छिमेकि बिद्यालयका तर्फबाट खम्म आधारभुत बिद्यालयका प्रअ यज्ञ प्रशाद ढुङ्गाना, दलित प्रतिनिधि धनसिग कामी, महिला प्रतिनिधि मथुरा जयगडि, सबै अभिभावकको तर्फबाट खकेन्द्रराज नाथ लगायतका अतिथिले मन्तब्य राख्नुभएको थियो । बिद्यालयका प्रअ मदन बोगटिले बिद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर साउदले स्वागत मन्तव्य राख्नु भएको थियोे भने संचालन लेखापाल पूर्ण बहादुर रानाले गर्नुभएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्याक्तीलाई सम्मान र उत्कृष्ट विद्यार्थी लाई पुरस्कार प्रदान गरिएको थियो ।

NO COMMENTS

LEAVE A REPLY