कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना ।।

0
528

अछाम जिल्लाका विभिन्न कृष्ण मन्दिरहरुमा पुजा पाठ भैरहेका छन । जिल्लामा रहेका विभिन्न मन्दिरहरुमा आज विहानै देखि पुजा पाठ सुरु भएको विभिन्न ठाउँ बाट खबर आएका छन । अछामको बान्नीगडी, मंगलसेनको कृष्ण मन्दिर, विनायक, धमाली, लगाएत जिल्लाका विभिन्न कृष्ण मन्दिरहरुमा पुजापाठ गरिएका छन । यसै गरि श्रीकृष्ण जन्माष्टमीको अवसरमा अछामको शिद्देश्वर प्रभामा लाग्ने कृष्ण मेला यस वर्ष पनि लाग्ने भएको छ । भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी मेला प्रभा दयागडामा लाग्ने भएको छ । आज राती ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ । भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा त्यहाँ हरेक वर्ष मेला लाग्ने गर्दछ । आज रात भर माणु छउने तथा हुम पुजा गरि भोली डोल जात्रा …तथा मट्को फुटाउने तयारी रहेको प्रा धम्कोट उमाविका प्राचार्य जोगराज कुँवरले जानकारी दिनुभयो । मेला भर्नका लागी छिमेकी जिल्ला डोटी, बाजुरा लगाएत शिद्देश्वर क्षेत्र आसपाका गावीसहरु बुढाकोट, घुघुरकोट, कोष्कोट, बाब्ला, मष्टामाण्डौ, जाल्पादेवी, पातलकोट, मार्कु, भागेश्वर लगाएतका गावीसका दर्शकहरु आउने गरेका साँफेबाट हिमाल कुवँरले बताउनु भयो । अछामको पश्चिम क्षेत्रको पहीलो ठुलो मेला भएकाले यस बर्ष मेलालाई भव्य रुपमा सम्पन्न र व्यवस्थीत पार्नेनाईएको छ । मेलाको सुरक्षा व्यवस्था संगै अपराधीक गतीबीधी नियन्त्रणका लागी सुरक्षाकर्मी प्रहरीको टोली मेलामा खटाईने छ । मेलालाई व्यवस्थीत तरीकाले सम्पन्न गर्नका लागी मेला भर्न आउने दर्शकलाई सकेसम्म मदीरा सेवन तथा गलत नियतले नआउन र व्यापारी बर्गलाई मेला स्थलमा मदीरा बिक्री बितरण नगरीदीन मेला व्यवस्थापन समितीले आग्रह गरेको छ । मामा कंस लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेमप्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । कौरव र पाण्डवकाबीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए । मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरेका थिए ।

NO COMMENTS

LEAVE A REPLY