केपी शर्मा वलि प्रधानमन्त्री हुदा अछाममा खुसीयाली ।

0
144

अछाम ३ फागुन
अछाममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएको खुसीयालिमा अछाम सदरमुकाम मंगलसेनमा बेलुकी खुलामञ्चमा दिपावली गरिएको छ । नेकपा एमाले अछामको आयोजनामा पुर्व सांसद, नेता, सदस्य, शुभचिन्तक, व्यापारी र सर्वसाधारणको उपस्थितिमा उक्त दिपावली मनाईको पत्रकार शिवराज ढुंगानाले जानकारी दिनुभयो । कोणसभामा एमाले अछामका पुर्व अध्यक्ष कमल तिमिल्सिनाले देश समृद्धि सहितको समाजवादको बाटोमा हिड्न लागेको भन्दै निर्माण, उत्पादन र समृद्धमा सबै नागरिक जुट्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशलाई साच्चिकै परिवर्तन गराउन बाम गठन्धनले काम गर्नेगरी जनताले मत दिएको समेत भनाइ राख्नु भयो । दिपावलीमा अछाम९२ का पुर्व सांसद भरत साउँद लगायत नेता, कार्यकर्ता र सर्वसाधारणको सहभागीता थियो । कोणसभाको सञ्चालन एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बोहराले गर्नुभएको थियो ।

NO COMMENTS

LEAVE A REPLY