क्रियाशिल महिला पत्रकार अछामको पहिलो सन्डे क्लब कार्यक्रम सम्पन्न ।।

0
421

असोज ४, अछाम 
लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला ९डब्लुडब्लुजे० अछामले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतीथीको आसनबाट बोल्दै अछामका जिल्ला न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले कोही पनि व्यक्तिले अधीकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने बताउनु भएको छ । नयाँ संविधानमा महीलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएपनि अधीकार प्राप्त गर्ने व्यक्तीले कर्तव्य पुरा गर्न तर्फ ध्यान नदीदा नीती नीयम कार्यान्वयनमा समस्या भईरहेको बताउनुभयो । यस्तै समान व्यवहार र सहभागीताका लागि कानुन भएर मात्र प्रर्याप्त नहुने भन्दै उहाँले शिक्षा, संस्कार र व्यक्ति स्वयमको आनीवानीमा समेत परीवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतीथी नीमीत्त प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले अछाम जिल्लामा महिलाका समस्या र चुनौती धेरै भएपनि पछिल्लो समय समान सहभागीताको राम्रो प्रयास भईरहेको बताउनुभयो । साथै जिल्लाका संचारमाध्यममा पत्रकार महिलाहरुको उपस्थिती र सक्रियता लैंगिक समानताको बलीयो उदाहरण भएको बताउनुभयो । डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, महीला तथा बालबालीका कार्यालयका महीला विकास अधीकृत भगवती अर्याल, अन्र्तपार्टी महिला सञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, दलीत महीला संघ अछामका अध्यक्ष लक्ष्मी सोब लगायतले बोल्नु भएको थीयो । शाखाका कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विधुत्मा रैकाले गर्नु भएको थीयो । यसैबिच डब्लुडब्लुजे अछामले महीलाका विविध सवालहरुमाथीको छलफल अन्र्तगत असोज र कात्तीक दुई महिनासम्म आठ वटा सण्डे क्लबको आयोजना गर्ने भएको छ । आज मंगलसेनमा बसेको संगठनको बैठकले यस्तो नीर्णय गरेको हो । सोही नीर्णय अनुसार आज पहिलो सण्डेक्लब अन्र्तगत जिल्लामा लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम सम्पन्न गरीएको हो ।

NO COMMENTS

LEAVE A REPLY