क्रियाशील पत्रकार महीला अछाम शाखाले सन्डे क्लबको आयोजना गर्ने ।।

0
488

विद्यत्मा रैका, साउन २४ अछाम
क्रियाशील पत्रकार महीला अछाम शाखाले महीलाका विभिन्न सरोकारका विषयमा मंगलसेनमा सन्डे क्लबको आयोजना गर्ने भएको छ । शाखा अध्यक्ष पुजा शाहीको अध्यक्षतामा आज सदरमुकाममा सम्पन्न कार्यसमीतीको बैठकले महीलासँग सरोकार राख्ने विभिन्न विषयमा आगामी भदौ महीनाको प्रत्येक आईतबार साप्ताहीक रुपमा छलफल गर्ने नीर्णय गरेको हो । क्रियाशील पत्रकार महीला केन्द्रीय कार्यालयको नीर्देशन अनुसार अछाम जिल्लामा पनी कार्यक्रम गर्न लागीएको हो । भदौ महीनाका ४ वटा आईतबार गरीने सन्डे क्लबका विषयवस्तुबारे पनी आजको बैठकले छलफल एवं नीर्णय गरेको छ । जस अनुसार पहीलो आईतबार छाउपडी गोठमुक्त घोषणाको प्रभावकारीता, दोस्रो आईतबार जिल्लामा एकल महीलाहरुको अवस्था, तेस्रो आईतबार सुत्केरी स्याहारबारे जनचेतनाको अवस्था र चौथो आईतबार महीला मजदुरका सवालमा सरोकारवालाहरुसँग छलफल गर्न लागीएको हो । यस्तै बैठकले अबदेखी प्रत्येक महीनाको पहीलो शनीवार नीयमीत रुपमान शाखाको मासीक बैठक बस्ने पनी नीर्णय गरेको छ । बैठकमा सचिव विद्युत्मा रैका, कोषाध्यक्ष मेनुका ढुंगाना लगायत सम्पुर्ण पदाधीकारीहरुको उपस्थिती रहेको थीयो ।

NO COMMENTS

LEAVE A REPLY