गुणस्तरिय शिक्षाका लागि बिद्यालय आफै अग्रसर हुनुपर्नेः जि.शि.अ. जोशि ।।

0
432

माघ ११ अछाम
दया पिपलतोला मावि लुंग्राको ५८ औं बार्षिकउत्सव कार्यक्रम सकिएकोे छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष दल बहादुर खड्काको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशी रहनु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी जोशीले गुणस्तरीय शिक्षाका लागि बिद्यालय आफै अग्रसर हुनुपर्ने बताँउनु भयो । बिद्यालयको प्रगतीका लागि स्थानिय अभिभावक, शिक्षक र स्वंयम बिद्यार्थि मेहनती हुनुपर्नेमा उहाँको जोड थियो । हाम्रो बिद्यालय राम्रो बिद्यालय बनाँउन तिर सबै सरोकारवाला एकजुट हुन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथीमा त्रिपुरासुन्दरी उच्च मावि श्रीकोटका प्राचार्य प्रेम बहादुर कुवर र बैजनाथ उच्च मावि पायलका प्राचार्य दिपबहादुर कुवर रहनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका गाँउ कार्यसमिती सभापति झंकर बहादुर खड्का, एमालेका धर्म बहादुर खड्का, एमाओवादीका भुमिनन्द पाण्डे, पूर्व गाविस अध्यक्ष टेक बहादुर खड्का, गाँउ पारालिगलका हिरा जोशी, लक्ष्मी निमाविका प्रअ भरत बहादुर खड्का लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । बिद्यालयका प्रअ प्रेम बहादुर खड्काले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र जोशीले गर्नुभएको थियो ।

NO COMMENTS

LEAVE A REPLY