चरणभूमी साँघुरीदा र चर्को खर्चरी समस्याले गर्दा भोटेहरुको भेडा बाखा्र पालन पेशा लोप हुने अवस्थामा, ब्यापार र ब्यबसाय गर्न पाउने अधिकार संगै भोटेहरुको बाँच्न पाउँने अधिकार र खाद्य अधिकार हनन् भएको केन्द्रीय अध्यक्ष भोटेको भनाई ।।

0
503

रेडीयाे रामाराेशन २०७२,८,११

चरणभूमी साँघुरीदा र चर्को खर्चरी समस्याले गर्दा भोटेहरुको भेडा बाखा्र पालन पेशा लोप हुने अवस्थामा पुगेपछी भोटे समुदाय समस्या परेका छन् । चरणभुमी साघुरीदा र चर्को खर्चरी समस्या परेपछी लोकतान्त्रिक राज्यमा स्वतन्त्रता र निर्बिक रुपमा ब्यापार र ब्यबसाय गर्न पाउने अधिकार उल्लगंन हुनुका साथै भोटेहरुको बाँच्न पाउँने अधिकार र खाद्य अधिकार हनन् भएको भोटे अगुवाहरुको गुनासो छ । नेपाल भोटे जनजाति सेवा समिति केन्द्रीय कार्यालय बाजुराको आयोजना तथा फियान नेपालको सहयोगमा भोटे समुदायको चरिचरणको सवालमा अछाम जिल्लाका सरोकारवाला निकायहरुसंग गरीएको १ दिने अन्तरक्रिया कार्यक्रममा भोटेअगुवाहरुले यस्तो बताएका हुन । बिगत १० बर्ष अगाडी खुला चरण क्षेत्र भएको र भोटेहरुलाई भेडा बाख्रा पालनमा कुनै समस्या नभएपनी हाल आएर नेपाल सरकारको बन नीति र बन संरक्षण हुने उद्धेश्यले समुदायमा बन हस्तान्त्रण गरी सामुदायीक बन, कबुलियती बन र नीजि बन बनाएका कारण चरणभूमी साँघुरीनुका साथै चर्को खर्चरी समस्याले गर्दा पेशा लोप हुने अवस्थामा छ । जसका कारण भोटेहरुको खाद्य अधिकार उल्लगंन भएको छ भने बिकल्पमा भोटेहरु संग अन्य सहायक पेशामा संलग्न भएको अवस्था छैन । यसै बिषयमा आज हामीले रामारोशन खबरका लागी नेपाल भोटे जनजाति सेवा समितिका केन्द्रीय अध्यक्ष नृप भोटेसंग कुराकानी गरेका छौ उहासंग गरीएको कुराकानी अबको क्रममा…

NO COMMENTS

LEAVE A REPLY