चिसोका कारण जिल्ला अस्पताल अछाममा दैनिक ५० भन्दा बढी बिरामि ।।

0
709

कमल रावल, रेडियो रामारोशन, अछाम
जिल्लामा चिसो बढे संगै जिल्ला अस्पताल अछाममा बिरामिको चाप बढदै गईरहेको छ । चिसो मौसमका कारण दैनिक रुपमा ५० जना भन्दा बढी चेकजाँच गराउन आउने गरेका अस्पतालले जनाएको छ । चिसोले गर्दा बढी मात्रामा वालवालिका र बृद्धबृद्धा उपचारका लागि आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरद चन्द्र बरालले बताउनु भयो । चिसोका कारण वालवालिकामा निमोनिया र बृद्धबृद्धामा दमको समस्या बढी आउने गरेको उहाँको भनाई रहेको छ । चिसोमा कडा निमोनियाका बालवालिका र दमका बिरामिहरुलाई न्यानो लुगा लगाउन र तातो झोलीलो खानेकुरा खान उहाँको आग्रह रहेको छ । यतिबेला चिसो मौसम भएकाले बिरामि बढेता पनि वालवालिका र बृद्धबृद्धालाई स्वास्थ राख्न अभिभावकले ध्यान दिनु पर्ने बताउनु भयो । अछाम जिल्लामा धेरै मात्रामा अभिभावकको लापरवाहीका कारण वालवालिकामा समस्या आउने गरेको उहाँको भनाई रहेको छ । यतिबेला बाहीर केहि मात्रामा औषधि अभावको कुरा आएपनि बिरामिलाई चाहे मात्रा आौषधि रहेको बताईएको छ ।

NO COMMENTS

LEAVE A REPLY