चैत्र २१ देखी २७ सम्म रामारोशनमा पर्यटन तथा साँस्कृतिक महोत्सव

0
89

अछाममको रामारोशन गाउँपालिका ५ सैनीबजारमा यहि चैत्र २१ गतेदेखी २७ गतेसम्म पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ ।

रामारोशन गाउँपालिका मुख्य प्रर्बद्धक रहने गरि पर्यटन प्रर्बद्धन र स्थानीय कला संस्कृतिको जगर्ने गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल आयोजक समिति अध्यक्ष जनक साउदले जानकारी दिनुुभयो । सैनीबजारमा आयोजना हुने महोत्सवका लागि प्रारम्भिक चरणका तयारीका कामहरु अघि बढाईएको उहाँको भनाई छ ।

महोत्सवका लागि प्रचारप्रसारका कार्यहरु सुरु गरिएका छन भने प्रर्चा पम्पलेट, ब्रोसर ब्यानर लगायतका सामग्रि छपाई कार्य भईरहेको जनाईएको छ । यस्तै मुख्य प्रायोजक, प्रायोजक लगायत संग छलफल र परामर्श कार्य समेत भईरहेको महोत्सव मुल आयोजक समितिको भनाई छ ।

महोत्सवमा राष्टिय तथा स्थानीय कलाकारका गीत संगित सहितका प्रस्तुती र स्थानीय संस्कृति झल्किने प्रस्तुती समेत राखिने छन । यस्तै महोत्सवको अवसरमा रामारोशन क्षेत्रको पर्यटन प्रर्बद्धन र विकासका लागि दबाब श्रृजना गर्ने, दर्शकहरुलाई रामारोशनका तालहरु र त्यहाँको प्रकृतिको अवलोकन गराँउने, स्थानीय स्थरमा उत्पादन हुने सामग्रिको प्रर्बद्धनमा जोड दिने, कृषि उपजको पर्दशनी गरेर कृषि उत्पादनमा जोड दिने आदि गतिबिधिमा जोड दिईने मुल आयोजक समिति अध्यक्ष जनक साउदको भनाई छ ।

महोत्सवले स्थानीय स्तरमा ब्यापार प्रर्बद्धनमा पनि टेवा पुुग्ने विश्वास लिईएको छ । सबै सरोकारवाला पक्षलाई आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गरिदिन हुन र महोत्सव अवलोकन र पर्यटकिय क्षेत्र रामारोशनको अवलोकन गरिदिनुहुन मुल आयोजक समितिले आग्रह गरेको छ ।

NO COMMENTS

LEAVE A REPLY