चौथोपटक मन्त्रिपरिषद् विस्तार, चार मन्त्री थपिए

0
554

काठमाडौं, पुस ९
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । बिहीबार साना दलका तर्फबाट चारजना मन्त्री थप गर्नुभएको हो । ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता दलबाट प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीबाट शिवलाल थापामगरलाई मन्त्री नियुक्त गर्नुभएको हो । विस्तारसँगै मन्त्रिपरिषद्को संख्या ३४ पुगेको छ । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्या भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । बोहोरालाई श्रम तथा रोजगार, थापालाई विज्ञान तथा प्रविधि र सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । ढकाललाई दिइने मन्त्रालयबारे टुंगो लाग्न बाँकी छ । शान्ता मानविलाई शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डा पु¥याउन दुईवटा मन्त्रालय फुटाइने भएको थियो । स्वाथ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाइ तथा खोनपनी मन्त्रालय बनाइएको छ ।

NO COMMENTS

LEAVE A REPLY