जनक शिक्षाले छापेर नभ्याउँदा यसवर्ष पनि किताब अभाव

0
518

काठमाडौं, असार २५ – जनक शिक्षा सामग्री केन्द्रले समयमा छापेर नभ्याउँदा यसपाली पनि पुस्तक अभाव भएको छ । शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा समेत किताब छपाईमा ढिला भएपछि समस्या भएको हो । वार्षिक १ करोड ५७ लाख थान पाठ्यपुस्तक छाप्नुपर्नेमा जनक शिक्षाले अझै २० लाख छाप्न बाँकी छ ।
निजी क्षेत्रले कक्षा ६ र ७ को झण्डै ३० लाख पुस्तक छापेपनि केन्द्रले २० लाख छाप्न बाँकी भएको हो । छपाई मेसिन अपुग भएकाले वर्षेनी समस्या हुने गरेको स्रोतको दाबी छ । जनक शिक्षाले अबको एक महिनामा पाठ्यपुस्तक छापेपनि जिल्लामा भने नपुग्ने त्यहाँका एक कर्मचारीले बताए । यसपाली बाहिर जिल्लामा पाठ्यपुस्तक पठाएको तरिका गलत भएको उनको भनाई छ । यसपाली ६० जिल्लामा डिपो खोलेर जनक शिक्षा आफैंले किताव बेच्न थालेको थियो । तर किताब अपुग भएसँगै कर्मचारीमाथि हातपात हुन थालेपछि समस्या भएको थियो ।
विक्रेतालाई सरकारले ९ प्रतिशत मात्र कमिसन दिएकाले ढुवानीमा समस्या उनको भनाई छ । बैशाख १२ गते आएको भूकम्पका कारण पाठ्यपुस्तक छपाई प्रभावित भएको जनक शिक्षाले दाबी गरेपनि वर्षेनी ढिलाई हुने गरेको छ ।

NO COMMENTS

LEAVE A REPLY