जनताको संविधान, जनताको माझमा राष्ट्रब्यापी प्रचार अभियान कार्यक्रम साँफेबगर ।।

0
626
साफेबगर नगरपालिकामा भएकाे सभाकाे तस्वीर

होम साउद, अछाम १३ पुस
नेपालको संविधान जनताको संविधान, जनताको संविधान, जनताको माझमा राष्ट्रब्यापी प्रचार अभियान कार्यक्रम साँफेबगर नगरपालिका अछाममा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमको अध्यक्षता कार्यकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी पूर्व सभासद सेर बहादुर कुवर रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवरले नेपालको संविधानको मुलभुत प्रावधानहरुवारे जाँनकारी दिनुभएको थियो । संविधान संसोधन गर्न सकिने भएकाले पनि छुटेका कुराहरुलाई संसोधन मार्फत समावेश गर्न सकिने कुरामा ढुक्क हुन उहाँले जनतालाई आग्रह गर्नुभयो । उहाँले विश्वका अन्य संविधानभन्दा उत्कृष्ट भएको भन्दै सबै क्षेत्र, वर्ग, समुदायका हक अधिकारलाई सुनिश्चीत गरेको बताँउनु भएको थियो । प्रचार कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधीहरुले पनि मन्तब्य राख्दै संविधानको बिशेषतावारे जाँनकारी गराँउनु भएको थियो । यस्तै जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगानाले पनि संविधानको मुलभुत प्रावधानवारे संक्षीप्त ब्याख्या गर्नु भएको थियो । मन्त्रालयवाटै निर्देशित कार्यक्रम अन्र्तगत प्रचार कार्यक्रम गरिएको नगरपालिकाका लेखापाल लक्ष्मीराज जोशीले जाँनकारी दिनुभयो । कार्यक्रममा नगरपालिका र आसपासका गरी झण्डै २०० जना स्थानियको सहभागिता रहेको जनाईएको छ ।

NO COMMENTS

LEAVE A REPLY