जातिय मुक्ति समाज क्षेत्र नम्बर १ को नयाँ कार्य समिती चयन ।।

0
653
कार्यक्रमको उदघाटन समारोहको तस्वीर

विक्रम परियार, पौष १४ अछाम
नेपाल उत्पीडीत जातिय मुक्ति समाज क्षेत्र नम्बर १ को प्रथम अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । क्षेत्रिय सँयोजक टँक बिकको अध्यक्षतामा भएको अधिबेशनले पुनह विककै अध्यक्षतामा १५ जनाको नयाँ कार्य समिती चयन गरेको छ । जसमा उपाध्यक्ष हर्क लुहार, सचिव नृप विक, सहसचिव प्रकाश विक, कोषाध्यक्ष पार्वती विक लगाएतका सदस्य रहेका छन । उदघाटन कार्यक्रममा पुर्व सभासद एँव एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती कुवरले पार्टीले लेखेको स्पष्ट नितिको आधारमा सबै एकताबद्ध भए मात्र उत्पीडीत सामाजको बिकास हुने बताउनु भएको थियो । श्रम प्रती घृणा गर्नाले मानिस पछि परेकोले मागेर मात्र नभई सघर्ष गरेर आफनो अधिकार लिनु पर्नेमा उहाँको जोड रहेको थियो । उत्पीडीत समाजको आवाजको सम्मानका लागि आफनो पार्टीले सधै आवाज उठाई रहेकाले आगामि दिनमा पनि पार्टीले सघर्ष जारी राख्ने भनाई राख्नु भएको थियो । बिशिष्ट अथिती पुर्व सभासद भैरे कामिले आफना हक अधिकार अरु कसैले नदिने भएकाले अधिकारका लागि आफैले अघि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा पुर्व राष्ट्रिय प्रतिनिधी परिषद कुल बहादुर कुवर, जिल्ला उपसचिव मिना साउद, सचिवालय सदस्य जँग विक, उत्पीडीत जातिय मुक्ति समाजका केन्द्रिय सदस्य गणेश सुनार, जिल्ला कमिटी सदस्य हिरिण्ड भट्राई, क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपाली, पुर्व क्षेत्रिय कमिटी अध्यक्ष वालगिरि कुवर लगाएतले मन्तव्य राखेका थिए । क्षेत्रिय सदस्य प्रकाश बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नृप बिकले गर्नु भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY