जिल्ला युवा सञ्जाल अछामको ईलाका जागरण कार्यक्रम सम्पन्न ।।

0
714
जिल्ला युवा सञ्जालका अध्यक्ष मदन भुलकाे फेसबुक बाट लगिएकाे फाेटाे

होम साउद, पौष १२ अछाम
जिल्ला युवा सञ्जाल अछामको ईलाका जागरण कार्यक्रम अन्र्तगत जिल्लाका १३ वटै ईलाकाको बैठकहरु सम्पन्न भएका छन । ईलाका नम्वर ८ को मंगलसेनवाट सुरु भएको ईलाका बैठक तथा योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता विषयक कार्यक्रम आज ईलाका नम्वर ६ को मुजजाबगरमा कार्यक्रम गरी सकिएको हो । ईलाका स्तरिय युवा सञ्जाल ईलाका नम्वर ६ उपाध्यक्ष निर्मला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष मदन कुमार भुल प्रमुख अतिथी रहनुभएको थियो । यस्तै सञ्जालका जिलला सदस्य कल्पना थापा बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिताको सवाल, राष्टिय युवा नीति र अन्य समसामयिक सवालबारे ब्यापक छलफल गरिएको थियो । ईलाका अन्र्तगतका रामारोशन, बाटुलासैन, भाटाकाटिया, सुतार, चाफामाण्डौ र शान्तडा गाविसका युवाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ईलाका सचिव गोविन्द देबकोटाले गर्नुभएको थियो । कार्यक्रमवाटै जिल्ला अधिवेशनका लागि ५ जना प्रतिनिधी पनि छनौट गरिएको जनाईएको छ । यस्तै, नन्देगडा गाविसमा गाविस स्तरीय युवा सञ्जाल गठन गरिएको छ । युवाहरुको एक भेलाले भिम बहादुर साउदको अध्यक्षतामा १९ सदस्यिय सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा किर्तीका साउद, सचिव दिपेश साउद, सह सचिव अशोक भुल कोषाध्यक्ष पवित्रा साउद लगायतका पदाधिकारी रहेका छन । गाविसका सबै वडाका युवाको सहभागिता रहेको भेलामा ईलाका युवा सञ्जाल ईलाका नम्वर ४ का सह सचिव भब्य नेपालीको बिशेष उपस्थिती रहको थियो ।

NO COMMENTS

LEAVE A REPLY