जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आजको खेलमा ३ टिम विजयि ।।

0
778

कमल रावल, भदौ १ अछाम
कालिका गाबिसमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा ३ वटा टिम विजयि भएका छन । रिडिकोट युवा क्लब साफेबगर नगरपालिका १०, कालिका उच्च मावि जुपु र वयालापाटा युवा क्लब विजयि भएका छन । पहिलो खेलमा दिपक युवा क्लब कालिका बि लाई कालिका उच्च मावि जुपुले पराजित गरेको हो । निर्धारित १० ओभरको खेलमा २६ रन मात्र बनाएर दिपक युवा क्लब अलाउट भएको थियो जवाफमा जुपुले मात्र ५ ओभरमा जित हासिल गरेको थियो । दोस्रो खेलमा निर्धारित १० ओभारमा नवदोय युवा क्लब ओलिगाउले बनाएको ५४ रनको लक्ष्य बयालपटाले ८ ओभरमा हासिल गरेको थियो । अन्तिम खेलमा रिडिकोट युवा क्लबले कालिका उच्च मावि जुपुलाई ५० रनको अन्तरले पराजित गरेको छ । पहिले ब्याटिँग गरेको रिडिकोटले निर्धारित १० ओभरमा ७७ रन बनाएको थियो । जवाफमा लक्ष्य पछयाउन मैदानमा उत्रेको जुपु २७ रनमा सिमित रहेको थियो । प्रतियोगितामा अछामा ७ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तराष्टिय युवा दिवस २०१५ को अवसरमा जिल्ला युवा सजाल अछामको आयोजना र दिपक युवा क्लब कालिकाको सहआयोजना साउन ३२ गते बाट सुरु भएको हो ।

NO COMMENTS

LEAVE A REPLY