डाक्टर बराललाई युवा पुरुस्कार ।।

0
684

कमल रावल, माघ १३, अछाम
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल अछाममा उत्कृष्ट युवा पुरुस्कार बाट सम्मानित हुनु भएको छ । अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले आफनो तेस्रो पदस्थापनका अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अथिती जेसिज २०१६ का केन्द्रिय अध्यक्ष जगत बहादुर पोखरेलले दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गर्नु भएको हो । २०७१ सालमा अछाम आउनु भएका डाक्टर बरालले जिल्लाको स्वास्थ्य क्षेत्रमा १ बर्षको अवधिमा उल्लेखनिय काम गरेबापत यो सम्मानले सम्मानित गरिएको हो । एक बर्षको अवधिमा अछाम आउदा डाक्टर बरालको पहलमा जिल्ला अस्पताल अछाममा विभिन्न विभागिय बर्गिकरण सहीत छुट्टा छुटटै सेवा दिईएको, औषधि विभाग सहति नियमति औषधि वितरण, २४ सै घण्टा ईमरजेन्सि सेवा, अस्पतालको फोहोरमैला ब्यावस्थापन, महाशाखाले न्युनतम मापदण्ड अनुसार सत प्रतिशत सुधार लगाएतका थुप्रै काम भएका थिए । बिशेष समारोहमा गरिएको विशेष सम्मान ग्र्रहण गर्दै डाक्टर बरालले यो सम्मानले आफुलाई निकै खुशि बनाएकाले आगामि दिनमा निस्वार्थका भावनाका साथ काम गर्ने जोश जागर बढेको बताउनु भएको छ । आफु जस्ता युवाले गर्न खोजे परिवर्तन हुने भएकाले यसम सबैको ध्यान जानु पर्ने समेत बताउनु भएको थियो । सोही अवसरमा विभिन्न तहबाट सहयोग गरेवापत अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि र नेपाल पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारीलाई समेत बिशेष सम्मानका साथ सम्मानित गरिएको थियो ।

NO COMMENTS

LEAVE A REPLY