डिप्लोमा ईञ्जीनियँरिग कक्षा संञ्चालनका लागि मगला नेरा उमावि ओलिगाउमा सबै भौतिक पुर्वाधार तयार ।।

0
1196

कमल रावल, भदौ २० अछाम
मंगला नेरा उच्च मावि ओलिगाउमा डिप्लोमा ईञ्जीनियँरिग कक्षा संञ्चालनका लागि उच्च माध्यामिक शिक्षा परिषदको टोलिले स्थलगत अनुगमन गरेको छ । परिषदका अधिकृत राजन पाण्डेको नेतृत्वमा आएको टोलिले आगामि दिनमा ११ र १२ डिम्लोमा ईञ्जीनियँरिग कक्षाका लागि दिन सकिने विषहरुको बारेमा जानकारी गराएको छ । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक स्थितको बारेमा जानकारी लिनु भएको थियो । उहाँले प्राविधिक शिक्षा संञ्चालनका लागि विद्याँलयमा सबै भौतिक पुर्वाधार तथा जनशक्ति रहेकाले केन्द्रमा सही तथ्य रिपोर्ट आफनो तर्फ पेश गर्ने उहाले बताउनु भयो । ओलिगाउमा प्राविधिक शिक्ष्ााँ सञ्चालनका लागि सबै अभिभावक लागि परेकाले आफनो तर्फ बाट कुनै कसर बाकी नराख्ने उहाँले बताउनु भयो । अछाममा उच्च शिक्षाका लागि कुनै प्राविधिक शिक्षा नभएकाले यो ठाउमा हुन जरुरी रहेको उहाले बताउनु भयो । अनुगमनको क्रममा अछामका जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशिले विद्यालयको समग्र विकासका लागि आफनो कार्यालयको तर्फबाट कुनै कसर बाकी नराख्ने बताउनु भयो । यसका लागि सबै अभिभावक एकजुट भई अघि बढनु पर्ने बताउनु भयो । यसअ अघि ३ बर्ष अघि देखि नै ओलिगाउमा कक्ष्ााँ ९ देखि नै लागु हुने गरि सिभिल ईञ्जीनियरिग कक्षा जारी रहेको छ । यस भन्दा अघि सिटिभिटिको टोलिले समेत अनुगमन गरिसकेको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । स्थलगत अनुगमनमा इञ्जिनियर शुसन श्रेष्ठ, समाजसेवि तथा नेपाल राष्टिय शिक्षक सगठन अछामका अध्यक्ष नर बहादुर रावल, विद्यालयका पुर्व अध्यक्ष रमेश बहादुर रावल, अध्यक्ष मिन बहादुर रावल विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY