दशै खर्च संकलन गर्न राउटेको टोली अछाम सदरमुकाम मंगलसैनमा ।।

0
751

रेडियो रामारोशन, अछाम भदौ १७
दशै खर्च संकलन गर्न राउटेको टोली अछाम सदरमुकाम मंगलसैन पुगेको छ । दैलेख राकममा बसोबास गर्ने राउटे समुदाय एक हप्ता अगाडी अछाम जिल्लाको पूर्वी क्षेत्रमा बस्दे आईरहेका र त्यसपछि जिल्ला सदरमुकाम मंगलसैनमा दशै खर्च माग्न आएका हुन् । ४ जना राउटेले सदरमुकाम मंगलसैनमा रकम संकलन गरिरहेका छन् । उनिहरुले हाल सम्म जिल्ला विकास समिति, जिल्ला प्रशाशन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालय, अन्य व्यक्ति तथा संघ संस्थाबाट रकम संकलन गरिसकेका छन् । दशै आउनै लागेको छ, कसरी मनाउने, राउटे अगुवा दलबहादुर शाहीले भन्नुभयो, त्यसैले दशै खर्च माग्न आएको हौं । टोलीमा सुरेन्द्र शाही, जयबहादुर शाही, बलबहादुर शाही, र दल बहादुर शाही रहेका छन् । उनीहरुले हाल सम्म करिब २० हजार बढी रुपैंया संकलन भैसकेको बताएका छन् ।

NO COMMENTS

LEAVE A REPLY