दुई छुट्टा छुट्टै बम बिस्फोटनमा परी नाइजेरियामा ४२ जनाको मृत्यु ।।

कात्तिक ७
नाइजेरियामा भएका दुई छुट्टा छुटटै बम बिस्फोटनमा परी कम्तिमा ४२ जनाको ज्यान गएको छ । उत्तरपूर्वी नाइजेरियाको योला र मैदुगुरी शहरमा भएका दुई छुट्टा छुट्टै बम बिस्फोटनमा परी एक सय भन्दा बढी मानिस घाइते भएका छन् । योला शहरमा नयाँ बनेको मस्जिदलाई लक्षित गरी भएको आत्मघाती बम बिस्फोनमा कम्तिमा २७ जनाको ज्यान गएको छ । यस्तै त्यसभन्दा अघि मैदुगरीमा भएको आत्मघाती बम आक्रमणमा परी १५ जनाको ज्यान गएको छ । बिस्फोटनको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन । तर उत्तरपूर्वी नाइजेरियामा इस्लामिक बिद्रोही संगठन बोको हरामले हिंसात्मक आक्रमण गर्दै आएको छ । यो आक्रमण पनि उसैले गराएको हुन सक्ने आशंका गरिएको छ । बोको हरामले आफ्नो विचारसँग सहमत नभएका इसाइ तथा मुसलमान दुवै समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *