धान बाली जंगली जनावरले खाएर नष्ट

0
524

कमल रावल साउन, १९ अछाम
अछामका लेकाली क्षेत्रमा लगाईएको अन्न बाली जंगली जनावरले खाएर नष्ट गर्न थालेको छ । लेकाली क्षेत्रमा लगाईएको बर्षे बाली मकै, धान लगायतका बालीनालीमा जंगली जनावरले क्षति पुर्याउन थालेको हो । यसैवीच अछाम जिल्लाको घुघुरकोट गाविसमा लगाईएको धान खेतीमा जंगली जनावर बँदेलले क्षति पुर्याएको छ । गाविसको वडा नम्बर ८ मा धानबाली बँदेलले नष्ट गरेको स्थानीय कम्मानसिंह खड्काले बताउनु भयो । वडाका गैरीखेत, बजेड, नाउली, तल्लीखेत लगायतका ठाउँमा लगाइएको धानबाली बथानै आउने बँदेलले केही खाने र केही नष्ट गर्ने गरेको किसानको गुनासो छ । बर्षेनी जंगली जनावरले लगाएको खेतबिालीमा क्षति गर्न थालेपछि किसान चिन्तित बनेका छन् । बँदेल लगायतका जंगली जनावरको नियन्त्रणका लागि स्थानीय जिल्ला प्रशाशन कार्यालय र जिल्ला वन कार्यालयमा समेत जानकारी सहित अनुरोध गरेका छन् । यता सदरमुकाम मंगलसैन संगै जोडिएको ठुलासैन, जनालीवण्डालीको लेकाली क्षेत्रमा पनि बँदेलले मकै तथा धान खेतीमा क्षति पुर्याएको छ । राती राती आएर मकै बाली खाने र क्षति गर्ने गरेको स्थानीय किसान सुरेन्द्र भण्डारीले बताउनु भयो । राती राती जंगली जनावरको कुरुवा बस्नुपर्ने बाध्यता रहेको छ । जिल्लाका लुंग्रा, सिद्देश्वर, मार्कु लगायतका गाविसमा पनि जंगली जनावरले क्षति गरीरहेको स्थानीय किशानले बताएका छन् ।

NO COMMENTS

LEAVE A REPLY