धार्मीक महोत्सब तथा श्रीमद भागबत सप्ताह बिराट ज्ञान महायज्ञ हिजो बाट सुरु ।।

0
648

रेडियाे रामाराेशन पौष १५ अछाम
अछाम जिल्लाको साफेबगरमा धार्मीक महोत्सब तथा श्रीमद भागबत सप्ताह बिराट ज्ञान महायज्ञ हिजो बाट सुरु भएको छ । धार्मीक मोहत्सव मुल आयोजक समितीका सँयोजक शिब बहादुर कुवर शिलोजको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेका जील्ला कमीटी अछामका अध्यक्ष एवम पुर्ब सभासद सेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो भने अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपालि काग्रेसका महाधीबेसन प्रतीनीधी टीकाराम खनाल, नेकपा एमालेका पुर्ब राष्टिय प्रतीनिधि परीषद सदस्य कुल बहादुर कुवर, एनेकपा माओबादीका सुरत भुल, राप्रपा नेपालका धर्मसिह कुवर, पत्रकार महासंघ अछामका अध्यक्ष राम बहादुर कुवर, महीला प्रतीनिधि अप्सरा कुवर, दलीत प्रतीनिधि जंग बीक, सल्लहकार समितीको तर्फबाट अनुराधा स्वार लगाएतले मन्तव्य राख्नु भएको थियो । मुल आयोजक समीतीका उपाध्यक्ष लक्ष्मण कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ललित कुवरले गर्नु भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY