नबोल्ने नसुन्ने एक बेवारीसे महिलाले दिईन नवजात शिशुको जन्म ।।

कमल रावल, साउन ६ अछाम
एक बेवारीसे महिलाले अछामको वयालपाटा अस्पतालमा नवजात शिशुको जन्म दिएकी छन । नबोल्ने नसुन्ने हातको मात्र ईसारा गर्न ेअन्दाजि ३२ वर्ष उमेरकी ति महिलाले ७ दिन अघि जिल्लाको सामुदायिक अस्पताल वयालपाटामा नवजात शिशु छोराको जन्म दिएकी हुन । बोल्न र सुन्न नसक्ने अबोला ति महिलाको नामथर ठेगाना केही पनि खुल्न नसकेको बयालपाटा अस्पताल अछामका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले बताए । करिव एक साता अगाडी सुत्केरी व्याथा लागेर साफेबगर बजारको बाटोमा छट्पटाई रहेका बेला स्थानिय महिला अगुवाले अस्पताल पुराईएकी ति महिलाको साथमा करिव दुई बर्षकी एक नाबालीका छोरी समेत रहेकी छन । बेवारीसे अवस्थामा रहेकी ति महिलालाई कति दिन सम्म अस्पतालमा राख्ने र कस्लाई जिम्मा लगाउने भन्ने बारेमा अस्पताल व्याबस्थापन समिती अन्योलमा रहेको अस्पताल प्रशासनले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले भने आफनो कार्यालय लाई कुनै आधिकारीक जानकारी नआएको र त्यस्तो अवस्थामा कुनै पनि नागरिक भेटिएमा सम्बन्धीत निकायमा प्रयास गरी खोजी र उद्धार गर्न आफु र आप्mनो कार्यालय तयार रहेको बताए । जिल्लामा रहेको महिला तथा बालबालीका कार्यालय अछामका प्रमुख भगबती अर्यालले भने आफनो कार्यालयमा कुनै जानकारी नआएको र जानकारी आएमा ति महिला र तिनका बालबालीका लाई सहयोग गर्न आफु तयार रहेको बताएकी छन । अलपत्र अवस्थामा रहेकी ति मिलाको उद्धार सहयोगको खोजीका लागी बयलपाटा अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *