नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २९ गते

0
176

१० फागुन, काठमाडौं,
निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम तय गरेको हो । जसअनुसार २१ गते राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते हुनेछ । दाबी–विरोध तथा फिर्तालगायतका प्रक्रिया पूरा गरी फागुन २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्न कार्यक्रम बनाइएको छ । फागुन २९ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाइएको छ ।

NO COMMENTS

LEAVE A REPLY