नवनियुक्त उपप्रधान मन्त्रि भिम रावल एक शब्दचित्र ।।

0
1492

वेदप्रकाश तिमिल्सैना, कात्तिक १९, अछाम
नवनियुक्त उपप्रधान मन्त्रीमा भिम रावल एक शब्दचित्र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्रीमा एमाले उपाध्यक्ष भिम रावल नियुक्त भएका छन् । अछाम क्षेत्र नं १ बाट सभासद रावललाई बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, सहरी विकास मन्त्रालयको जिम्मेवारी सहित उपप्रधामन्त्री नियुक्त गरेका हुन । उप प्रधानमन्त्रीको जिम्मेवारी पाउने रावल सुदूरपस्चिमको पहिलो नेता हुन । शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा संलग्न रावल अछामको कालाआममा वि.स. २०१२ सालमा जन्मिएका रावल अनेरास्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीतिमा होमिएका थिए । अखिलका चर्चीत नेता रावल पञ्चायत विरुद्धको आन्दोलमा पनि सक्रिय रहेका थिए । चर्चीत विद्यार्थी नेता रहेका रावल २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए । २०४८ को आम निर्वाचनमा अछाम १ नम्वर निर्वाचन क्षेत्रमा पराजीत भएका रावल २०५१ को मध्यावती निर्वाचनमा विजयी भएका थिए । मनमोहन अधिकारी को नेतृत्वमा बनेको पहिलो बामपन्थी सरकारमा पर्यटन संस्कृती तथा नागरीक उडयन र विज्ञान तथा प्रविधी राज्यमन्त्री नियुक्त भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा समानुपातीक तर्फबाट सभासद भएका एमाले नेता रावल माधव कुमार नेपाल नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए । एकिकृत माओवादीले माधव नेपाल नेतृत्वको सरकारका विरद्ध गरेको आन्दोलनलाई शान्तिपूर्ण तरिकाले निस्तेज पारेर चर्चामा आएका थिए । प्रतिस्पर्धा र कठिन मानिएको २०७० को संविधान सभा निर्वाचनमा अछाम १ बाट ठुलो मत अन्तर र एमालेको नऔ महाअिधवेशनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याएर उपाध्यक्ष विजयी भएपछि रावलको राजनितिक उचाइ थप चुलएिको छ । अन्तरीम संविधान बनाउनदेखि लडाकु समायोनसम्म सक्रिय रावल शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने निकै सक्रिय रहेका रावल नेपालका संविधान २०७२ का मस्यौदाकार पनि हुन । राजनीतिका साथै पढाइमा पनि अव्वल रावल त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा विद्यावारीधी (पिएसडी) गर्दैछन । उनि राजनीति शास्त्रमा स्नातोकोत्तर र कानुनानमा स्नातक हुन । विद्यार्थी राजनीतिमा रहदा पत्रकारिता समेत गरेका रावलका विभिन्न पत्रपत्रिकामा प्रकासित लेख–रचनाहरु निकै पठनीय र चर्चित छन ।

NO COMMENTS

LEAVE A REPLY