नवलपरासीमा दुर्घटना, आठको मृत्यु, छ घाइते

0
594

१ साउन, नवलपरासी । नवलपरासीको दुम्किबास ५ दाउन्नेस्थित विश्वकर्मा बाबाको मन्दिर नजिक शुक्रबार बिहान भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ जांदै गरेको यु पी ३२ डि एन ०८५४ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरले नारायणगढबाट दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको बसलाई ठक्कर दिंदा आठ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी दिए ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।

घाइते हुनेहरुमा दाङका २८ बर्षीय नरेश नेपाली, गोर्खाका २७ बर्षीय विवेक अधिकारी, नवलपरासीको कावासोती ३ निवासी २४ बर्षीया सुस्मिता ढकाल, भरतपुर उपमहानगरपालिका २ निवासी ४५ बर्षीय एकबहादुर खड्का छन् ।
त्यस्तै रुपन्देहीका ३० बर्षीय गोपाल चौधरी, दाङका १९ बर्षीय सुबास सिंह नेपाली र ट्यांकर चालक भारतको देवरिया कञ्चनपुर गाउँ उत्तर प्रदेश निवासी ५१ बर्षीय ब्यास शर्मा घाइते भएका छन् ।

NO COMMENTS

LEAVE A REPLY