नाइजेरियामा तीनसय जना शिया मुसलानको सामूहिक चिहान फेला

काठमाडौं, पुस ९
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्लुले नाइजेरियामा तीन सय जना शिया मुसलानको सामूहिक चिहान फेला परेको दाबी गरेको छ । एचआरडब्लुले नाइजेरियाको उत्तरी शहर जरियामा तीन सय भन्दा वढीको संख्यामा शिया मुसलमानको सामूहिक चिहान फेला परेको जनाएको हो । संस्थाले सरकारी सेनाले शिया मुसलमानको सामूहिक हत्या गरी उनीहरुको शवलाई एउटै ठाउँमा गाडेको समेत जनाएको छ । शिया मुसलमानसँगको संघर्षको क्रममा सरकारी सेनाले सामूहिक हत्या गरेको एचआरडब्लुको दाबी छ । सरकारी सेनाका प्रवक्ताले भने एचआरडब्लुको दाबीलाई अस्वीकार गर्दै सेनाले जरिया शहरमा कसैको हत्या नगरेको दाबी गरेका छन् । उनले एचआरडब्लुको प्रतिवेदनमा विश्वास गर्ने कुनै आधार नरहेको समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *