निर्माण कार्य सुरु भएको ५ बर्ष बितीसक्दापनी स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य अझै पुरा भएन, ठेकेदारको चरम लापरबाहीका कारण निर्माण कार्य पुरा नभएको स्थानीएको आरोप ।

0
368

टेक बहादुर थापा , रेडियाे रामाराेशन

ईलाका स्वास्थ्यचौकी बारलाको भवन निर्माण कार्य सुरु भएको ५ बर्ष बिती सक्दापनी अझै पुरा भएको छैन । शहरि विकास तथा भवन निर्माण विभाग डोटीको १ करोड २४ लाखको आर्थिक सहयोगमा २०६८ साल देखी निर्माण कार्य सुरु गर्न थालीएको स्वास्थ्य चौकीको १६ कोठे भवन ५ बर्ष बितीसक्दापनी पुरा नभएपछि स्थानीय अच्चमीत भएका छन । भवनको निर्माण गर्ने काम सम्पन्न भएपनी अन्य सबै कामहरु अधुरै रहेको स्वास्थ्य ब्यावस्थापन समिती बारलाका अध्यक्ष नन्द बहादुर शाहीले बताउनु भएको छ । भवनको केही कोठामा झ्याल र ढोका नलगाएको, शौचालय, खानेपानीको काम पुरा नभएको र काम भएको ठाउमापनी प्रभाबकारी नभएको त्यस क्षेत्रका स्थानीयले बताएका छन । स्वास्थ्य चौकीको आधा काम अझै बाकी रहदापनी निर्माणको जिम्मा लीएका ब्यक्तिले अहीले सम्म कुनैपनी चासो नदेखाएको ब्यबस्थापन समितीका अध्यक्ष शाहीले बताउनुभयो । पाच पाच बर्ष बितीसक्दापनी एउटा भवन पुरा नहुनु लाजमर्दो कुरा भएको बारलाका स्थानीय अगुवा छत्र बहादुर शाहीले गुनासो गर्नुभयो । एउटा ब्यक्तिको घर बनाउदा एक वा दुई बर्षमा सम्पन्न गरिसक्ने तर सरकारी कार्यालयको भवन ५ बर्ष बितीसक्दापनी पुरा नहुनु यो दुखद कुरा भएको शाहीको भनाई छ । निर्माणको जिम्मा लीएका स्थानीय राम बहादुर शाहीलाई स्वास्थ्य ब्यबस्थापन समितीले पटक पटक निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेपनी सुनुवाई नगरेको स्वास्थ्य ब्यबस्थापन समितीले जनाएको छ । गत बर्षको अषाढ मसान्तमा निर्माण कार्य पुरागर्नु पर्ने भवनको अझै आधा काम बाकी रहेको छ । भवनको निर्माण कार्य अहीले सम्म पुरा नहुदा आफूलाई स्वास्थ्य सेवा दिन निकै समस्या भईरहेको स्वास्थ्यचौकी बारलका ईन्चार्ज बिजय शाहको भनाई छ । स्वास्थ्यचौकी बाट प्रसुती सेवा समेत प्रदान भईरहेकाले भवन निर्माण कार्य पुरा नहुदा प्रसुती सेवा दिनपनी असजिलो भईरहेको ईन्चार्ज शाहले बताउनुभयो । ईलाका स्वास्थ्यचौकी बारला संगै निर्माण कार्य सुरु भएका ईलाका स्वाथ्यचौकी कालीकास्थान, ईलाका स्वास्थ्यचौकी जूपूको निर्माण कार्य गत बर्ष नै सम्पन्न गरी नवनिर्मीत कार्यालय बाट काम संञ्चालन भईसकेका छन भने स्वास्थ्यचौकी बिनायकले अषाढ २५ गते बाट मात्र नया भवन बाट सेवा दिन सुरु गरेको छ । ५ बर्ष सम्मपनी एउटा भवन पुरा नहुनु निर्माणको जिम्मा लीएका ब्यक्तिको चरम लापरबाही देखीएको त्यस क्षेत्रका स्थानीयको भनाई छ । उता स्वास्थ्यचौकी बारलाको भवन निर्माणको जिम्मा लीएका त्यस क्षेत्रका अगुवा राम बहादुर शाहीले भने ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो । आफूले स्थानीए भएको हिसाबले निर्माणको जिम्मा मात्र लीएको र ठेकेदार तपेन्द्र शाहले समयमै आवश्यक सामाग्री नपठाउदा ढिलो भएको उहाको भनाई छ । भवन समयमै सम्पन्न गराउने आफ्नो तर्फबाट पनी पहल गरेको र ठेकेदारको लापरबाहीका कारण ढिला भएको भनाई राख्नुभयो । भवनको अझै १० लाख भन्दा बढीको काम बाकी रहेको शाहीको भनाई छ । यता स्वास्थ्यचौकी मष्टाबण्डालीको निर्माण कार्यपनी अलपत्र अवस्थामा छ । ठेकेदार छत्र कडायतको चरम लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्रै अवस्थामा रहेको त्यस क्षेत्रका अगुवाहरुले बताएका छन । शहरि विकास तथा भवन निर्माण विभाग डोटी बाट संञ्चालीत हरेक विकास निर्माणका काममा चरम लापरबाही देखीएको निर्माण कार्य भईरहेका ठाउमा स्थानीयले बताएका छन ।

NO COMMENTS

LEAVE A REPLY