नेकपाद्धारा प्रशासनलाई ५ बुदे ज्ञापनपत्र, माग पुरा नभए कारबाहीको चेतावनी

0
199

पबित्रा खड्का, अछाम २८ फागुन
बिप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले जिल्लाको विकास निर्माण र बिभिन्न जनचासोका विषयमा ५ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको सेती महाँकाली स्वायत्त प्रदेश अन्र्तगत अछाम जिल्ला जनपरिषदले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको हो । जिल्ला जनपरिषद प्रमुख निरक शाहीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीय तह मार्फत भईरहेका विकास निर्माणमा डोजरको ब्यापक प्रयोग गरि जनताको रोजगारी कटौती पर्यावरणमा असर र भ्रष्टाचार संस्थागत भएको भन्दै यसबारे यथासिघ्र पहल गर्न र भ्रष्टाचार नियन्त्रण गर्न भनिएको छ ।
यस्तै ज्ञापन पत्रमा जिल्लाका बिभिन्न शैक्षीक संस्थाहरुद्धारा वार्षिक परिक्षामा मनपरि ढंगले शुल्क असुल भईरहेको तुरुन्त छानविन गर्न तथा सार्वजनिक यातायातको मनपरि भाडा लनियन्त्रण गरि बैज्ञानीक भाडादर कायम गरिनुपर्ने, स्थानीय तह मार्फत कार्यान्वयन गरिने बजेटको समानुपातिक र समावेसी कार्यान्वयन गरिनुपर्ने, जिल्लालाई छुवाछुत तथा भेदभाव मुक्त बनाउन पहल गरिनुपर्ने माग राखिएको छ ।
यस्तै न्यून गुणस्तरको मदिरा बिक्रि बितरणलाई नियमन गर्नुपर्ने, मध्यपहाडी लोकमार्ग, सेती लोकमार्ग, चित्रेपुल, मंगलसेन दरबार, चौरपाटि, मष्टाबण्डाली, तुर्माखाँद लगायतका ठाउँका निर्माणाधिन स्वास्थय भवनको ढिलाई बारे आवस्यक कारबाही गरिनुपर्ने माग गरिएको छ । जनपरिषदले उल्लेखित मागहरु चैत्र २४ गतेभीत्र कार्यान्वयन नभएमा जिल्ला जनपरिषदले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
आफुहरुका माग जनताको जनजिविका र विकासका लागि भएकाले पुरा गर्नका लागि पहल हुनेमा विश्वस्त रहेको जिल्ला जनपरिषाद प्रमुख निरक शाहीले बताउनुभयो ।

NO COMMENTS

LEAVE A REPLY