नेपालद्वारा मलेसिया ८ विकेटले पराजित ।।

0
537

काठमाडौं, भदौ १४
१९ बर्षमुनीको एसीसी प्रिमियर लिग क्रिकेटअन्तर्गत् आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ । क्वालालम्पुरमा भएको खेलमा घरेलु टोली मलेसियाले दिएको ७६ रनको सामान्य लक्ष्य नेपालले १५ औं ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको लागि आशीष धामीले अविजित ३८ रन जोडे भने राजवीर सिंहले ३३ रनको योगदान दिए । यसअघि, टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुनुपूर्व ७५ रन मात्रै जोड्न सक्यो । मलेसियालाई सस्तैमा समेट्न नेपालका आरीफ शेखले १० ओभरमा ३ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट झारे । यसैगरी, किफायती बलिङ गरेका सुशील कँडेलले १० ओभरमा ६ मेडन राख्दै ८ रन मात्रै खर्चेर १ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा युएईविरुद्ध फराकिलो जित निकालेको नेपाल दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो । मलेसियमाथि जित निकाल्दै नेपाल फेरि प्रतियोगितामा फर्किएको छ । नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरेबिया र कुवेतको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै टोलीले राउन्ड रोेबिन लिगका आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट शीर्ष तीन टोली १९ बर्षमुनीको एसिया कप क्रिकेटका लागि छनोट हुने छन् ।

NO COMMENTS

LEAVE A REPLY