नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विश्वकपका लागि विदेशमा अभ्यास गर्नु पर्छः कप्तान रिजाल ।।

0
671

काठमाडौं,कार्तिक ६
मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटको फाइनलमा आयरल्याण्डलाई हराउँदै विश्वकपका लागि छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले चार महिनापछि बंगलादेशमा हुने विश्वकपमा खेल्ने छ । त्रिभुवन विमानस्थलमा ओर्लिएर पत्रकारहरुका माझमा नेपाली टोलीका कप्तान राजु रिजालले विश्वकपका लागि खेलाडीलाई बाहिर लगेर अभ्यास गराउनु पर्ने बताएका छन् । उनले ९नेपालमा खोजेको जस्तो अभ्यास गर्न सकिने अवस्था नभएका कारण ब्याट्सम्यान र बलरलाई अझ सशक्त पार्नका लागि विदेशमा गएर अभ्यास गर्नु पर्ने बताएका छन् ।अहिलेको विजय सबैको सहयोगका कारण भएको बताउदै कप्तान रिजालले भने ९नेपाली क्रिकेटलाई थप उचाइ दिनका लागि सरकार, खेलकुद परिषद् र क्रिकेट संघका पदाधिकारीको सहयोग चाहिने बताएका छन् । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट टोलीको कडामेहनत रहेकाले विश्वकपमा ढोका खुल्ला भएको बताउदै मेहनतलाई अझ कडा बनाउनु पर्ने बताएका छन । ‘उनले नेपाली क्रिकेट टोलीले ब्याटिङमा सुधार गर्नुपर्ने बताउदै विश्वकपको बाँकी अवधिमा अन्तर्राष्ट्रिय स्तरको अभ्यास गराउनु पर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारी तथा कर्मचारी र सर्वसाधारणले ले स्वागत गरेका थिए ।बंगलादेशमा हुने विश्वकपसंगै यू –१९ विश्वकपमा नेपालको सहभागिता सातौंपटक हुने छ ।

NO COMMENTS

LEAVE A REPLY