नेपाल बारेको प्रतिवेदन आज राष्ट्रसंघमा पेश हुने ।।

0
517

नेपालका विषयमा तयार गरिएको प्रतिवेदन आज सयुक्त राष्ट्र संघमा पेश हुने भएको छ । नेपाल भ्रमण सकेर फर्किनु भएका राष्ट्रसंघ उच्चअधिकारी जोन जिङल आफ्नो नेपाल भ्रमण प्रतिवेदन आज राष्ट्रसंघमा पेस गर्दै हुनुहुन्छ । विपत्मा नेपालमा देखिएको अवस्था, विश्व खाद्य कार्यक्रमको खाद्यान्न वितरणलगायतका विषय समेटेको प्रतिवेदन पेश हुने नेपालमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ । भ्रमण सकेर फर्कनुअघि नेपालका विषयमा दिएका सहयोग रोक्ने आशयको भनाई विवादास्पद बनेको थियो । भूकम्प पीडितलाई कुहिएका खाद्य सामग्री वितरण गर्ने विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र त्यसबारे विवादास्पद अभिव्यक्ति दिने राष्ट्रसंघ उच्च अधिकारीबारे छानबिन गर्न र कारवाही गर्न संसदमा समेत कुरा उठेको थियो । वैशाख १२ को विनाशकारी भूकम्पपछि डब्लूएफपीद्वारा भूकम्प पीडितलाई वितरित चामल, दाललगायत खाद्यान्न गोरखामा कुहिएको, जनस्वास्थ्यमा गम्भीर हानि गर्ने किसिमको पाइएको थियो ।

NO COMMENTS

LEAVE A REPLY