पदबाट हट्न तयार छु उपप्रधानमन्त्रीः थापा

0
549

फागुन १६, काठमाण्डौँ

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा रहँदा आन्दोलनरत दलहरुलाई असन्तुष्टि भए पदबाट हट्न तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वबाट हट्दा समिति सक्रिय हुन्छ भने आफूलाई कुनै समस्या नभएको बताउनुभएको हो । मन्त्री थापाले भारतको भ्रमणले नेपालमा जल विद्युतको विकास, हुलाकी मार्ग लगायतका विकास निर्माणका विषयमा ठोष निर्णय हुनुका साथै दुई देशबिचको समझदारीमा अभिबृद्धि भएको बताउनुभयो । उहाँले हाल देखिएको नाकाको समस्या प्राविधिक कारणले भएकाले त्यो क्षणिक मात्रै भएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री थापाले एक अर्काे प्रसंगमा स्थानीय निकायको निर्वाचनका लागि आवश्यक गृहकार्य भइरहेकाले कांग्रेसको महाधिवेशन सकिएलगत्तै स्थानीय निकायको निर्वाचन हुने जानकारी दिनुभयो ।

NO COMMENTS

LEAVE A REPLY