पाँच जिल्लाका कारण मोर्चासँग कुरा मिलेन प्रचण्ड

0
472

काठमाडौं, पुस ८
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका कारण मोर्चासँग सहमति हुन नसकेको बताउनुभएको छ । संयुक्त मधेसी मोर्चा तीन महिनाभित्र सीमाङ्कन टुंग्याउन सहमत भएपनि पाँच जिल्लाको सीमाङ्कन परिमार्जन हुनुपर्ने सुनिश्चितता खोजेकाले सहमति हुन नसेको बताउनुभएको हो । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘मोर्चा राजनीतिक समितिमार्फत तीन महिनामा सीमाङ्कन टुंग्याउन सहमत छ । तर, पाँच जिल्लालाई विवादित भन्दै सीमा परिमार्जन हुनुपर्ने प्रतिबद्धता खोजेकाले समस्या भएको हो ।’ पाँच जिल्लाको सीमाङ्कन परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेपनि कांग्रेस र एमालेले अहिले नै परिमार्जन हुन्छ भने वचन दिन नसकेकाले सहमति बन्न नसकेको उल्लेख गर्नुभयो । सरकारले  शुक्रबार तीन महिनाभित्र सीमाङ्कन परिमाजर्न गर्ने, संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउने, नागरिकतामा देखिएको अस्पष्टता हटाउने निर्णय गरेको थियो । सरकारको उक्त प्रस्तावलाई मोर्चाले मंगलबार अमूर्त भन्दै अस्वीकार गर्ने निर्णय गरेको थियो ।

NO COMMENTS

LEAVE A REPLY