पुर्ण सरसफाई सम्बन्धी जिल्ला स्तरिय गोष्ठि सम्पन्न ।।

0
724

कमल रावल, असार २४ अछाम
नगरपालिका तथा गाउ स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितीका अध्यक्ष तथा सदस्यहरु सँगको १ दिने अभिमुखिकरण गोष्ठि मगलसेनमा सम्पन्न भएको छ । जिल्ला खानेपानि तथा सरसफाई सव डिभिजन कार्यालय अछामको आयोजनामा भएको गोष्ठिमा आगामि दिनमा नगरपालिकाका सबै वडा तथा गाबिसलाई पुर्ण सरसफाई युक्त क्षेत्र बनाउनमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । गोष्ठिमा जिल्ला खानेपानि तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख ज्ञानप्रकाश पौडयालले खुल्ला दिशा मुक्त जिल्ला घोषणा भईसकेको अछामलाई आगामि दिनमा पुर्ण सरसफाई युक्त जिल्ला बनाउनका लागि सबैलाई सहयोग गर्न अनुरोध गर्नु भएको थियो । आफनो दैनिक जिवनमा नियमित सरसफाईको बानिमा विकास भए मात्र स्वच्छ बन्ने सक्ने बताउनु भएको थियो । जिल्लाका केहि ठाउमा पानिको समस्या भएकाले पुर्ण सरसफाई युक्तमा चुनौति थपिएको बताउनु भएको थियो । गोष्ठिमा जिल्ला खानेपानिका मोहन जोशि, जिल्ला खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितीका ललित साउँदले अछामका थुप्रै गाबिसमा भईरहेका सरसफाई अभियानका बारेमा जानकारी गराएका थिए । यतिबेला बर्खाको मौसम सुरु भएकाले सुरक्षित खानेपानिको प्रयोग र दैनिकी सरसफाईमा सबैले अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । गाउ तथा समाजमा परिवर्तन ल्याउनका लागि सबैको चेतना सुधार आउनु पर्ने बताउनु भयो । गोष्ठिको समापन मगलसेन सरसफाई तथा स्वच्छता समन्वय समितीका अध्यक्ष पदम बोहराले गर्नु भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY