पुर्वि अछामको विनायक बजारमा पहिरो जादा १० लाख बराबरको क्षति ।।

0
652

केशव भुल, रेडियो रामारोशन एफएम, अछाम ।।
अविरल बर्षा संगै गए राति पुर्वि अछामको विनायक बजारमा गएको पहिरोका कारण बिच बजारका केही पसलमा क्षति पुगेको छ । आधा दर्जन पसल पहिरोको उच्च जोखीममा रहेका छन । लगातारको बर्षाका कारण पहिरो जादा स्थानिय खगेन्द्र उपाध्यायको पसल भत्किएको छ । त्यस्तै बिच बजारमा रहेको द्धारीका अधिकारी, धन बहादुर रावत, रमेश अधिकारी, टंक अधिकारी, दिनेश अधिकारी लगायतको घर र विध्यामन्दिर उमाविको छात्राबास संगै ईलाका बन कार्यालय विनायकको भवन पनि पहिरोको उच्च जोखिममा रहेका छन । पहिरोका कारण सडकमा सवारी साधान आवत जावत गर्न समेत बन्द भएको छ । पहिरोले अनुमानित करीब १० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय विनायकका प्रमुख विष्णुदत्त पन्तले जानकारी दिनुभयो । पहिरो बिस्तारै निरन्तर गईरहेको स्थानीय चन्द्र कडायतले जानकारी दिनुभयो । पहिरो रोकथामका लागी विभिन्न क्षेत्रमा खबर गर्दा पनि कहिकतै बाट सुनुवाई नभएको पिडित खगेन्द्र उपाध्यायले बताउनुभयो । मध्यपहाडी लोममार्गको चौडाईको लागी केही समय पहिले डोजरले थप सडक हानेकाले पहिरो गएको बताईएको छ । पहिरो करीब ५० मिटर लामो रहेको ईलाका प्रहरी कार्यालय विनायकले जनाएको छ । पिडीत पक्षलाई राहत तथा रोकथामको लागी मध्यपहाडी लोकमार्ग संग समन्वय भईरहेको ईलाका प्रशासन कार्यालय विनायकका प्रमुख तुल्सी प्रसाद ढुंगानाले बताउनुभयो ।

NO COMMENTS

LEAVE A REPLY