पूर्वी अछामको बिनायक बजारमा ल्याँण्डलाईन सेवा अवरुद्ध ।।

0
533

कमल रावल, रेडियो रामारोशन अछाम
पूर्वी अछामको बिनायक बजारमा बिगत ३ दिनदेखी ल्याँण्डलाईन सेवा अवरुद्ध भएको छ । ३ महिना अघि ल्याँण्डलाईन सेवा प्रयोग गर्न पाएका त्यहाँका स्थानिय सेवा अवरुद्ध भएपछि समस्यामा परेका छन । ल्याँण्डलाईन सेवा अवरुद्ध हुंदा ब्यापारी, सञ्चार माध्याम लगाएत एडिएसएल प्रयोग कर्ताहरु मारमा परेका पत्रकार रमेश रावतले बताएका छन । एक्कासी सेवा अवरुद्ध हुनुको कारण भने दुर सञ्चार कार्यालयले अहिले सम्म जानकारी नदिएको उहाँको भनाई रहेको छ । करिव ३ महिना अघि दुरसञ्चार कार्यालय अछामले बिनायक बजारमा ४८ वटा टेलिफोन सेट जोडेर ल्याँण्डलाईन सेवा बिस्तार गरेको थियो ।

NO COMMENTS

LEAVE A REPLY