प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन ।।

0
565

काठमाडौं, असोज २८
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । सरकारलाई समर्थन गर्ने दलहरुको बिहान सिंहदरबारमा बसेको बैठकले ९ दल सहभागी संयन्त्र गठन गरेको हो । संयन्त्रमा एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्त छन् । एमालेबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आमन्त्रित सदस्यका रुपमा हुनुहुन्छ । यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालसँगै पार्टी उपाध्यक्ष विद्या भण्डारी पनि संयन्त्रको सदस्य हुनुहुन्छ । संयन्त्रले सरकार सञ्चालनमा सहयोग गर्ने नेताहरुको भनाई छ ।

NO COMMENTS

LEAVE A REPLY