प्राविधिक विषय Diploma In Civil Engineering पढाउन मँगला नेरा उच्च माविलार्ई अनुमति ।।

0
1033

कमल रावल, असोज १६, अछाम

विगत ३ बर्ष देखि माध्यमिक तहमा प्राविधिक विषय Civil Engineering अध्यापन गर्दै आएको अछामको मगलसेन नगरपालिका वडा नम्बर ९ ओलिगाउमा सञ्चालित मँगला नेरा उच्च माविले उच्च माध्यामिक तहमा पनि प्राविधिक विषय ३ बर्षे Diploma In Civil Engineering पढाउने अनुमति पाएको छ । प्राविधिक विषयमा उच्च माध्यामिक तह सञ्चालन गर्न पाउनेगरी प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद (CTEVT ) ले सम्बन्धन दिएको हो । यही असोज ३ गते CTEVT बाट सम्बन्धन पाईसकेकाले विद्यार्थिका लागि असोज २४ गते सम्म आवेदन फाराम खुल्ला गर्ने र २८ गते भर्नाका लागि परिक्षा लिईने प्रधानाध्यापक बम बहादुर थापाले जानकारी दिनु भयो । माध्यामिक तहमा सिभिल इन्जिनियरिङको पढाई हुँदै आएको विद्यालयमा ३ बर्षे Diploma In Civil Engineering त्यही विषयमा अध्यापन गरिने विद्यालयले जानकारी दिएको छ ।

NO COMMENTS

LEAVE A REPLY