फागुन १२ देखी १४ गतेसम्म हात्तिपाईले रोगबिरुद्धको औषधि खुवाईने ।

0
182

होम साउद रेडियो रामारोशन
यहि फागुन १२ देखी १४ गतेसम्म अछाममा हात्तिपाईले बिरुद्धको औषधि खुवाईने भएको छ । सन २०२० सम्म हात्तिपाईले रोग निवारण गर्ने राष्टिय कार्यक्रम अनुसार अछाम सहित २४ वटा जिल्लामा हात्तिपाईले रोग बिरुद्धको छैटौं चरणको अभियान स्वरुप औषधि खुवाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामले जिल्ला स्थित पत्रकारहरुसंग अन्र्त्क्रिया गर्दै हात्तिपाईले रोग निवारणका लागि सञ्चालन गरिने अभियानका बारेमा जाँनकारी गराएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. अशोक कुमार शाहको अध्यक्षतामा भएको अन्र्त्क्रियामा हात्तिपाईले रोग बिरुद्धको अभियानका विषयमा जाँनकारी गराईएको छ । पाँच चरण सम्म औषधि खुवाईसकेपछी अछाममा हात्तिपाईले रोगको संक्रमण नरहेको पाईएको छ । अभियान सुरु हुनुपूर्व १ प्रतिशत भन्दा बढी हात्तिपाईलेका बिरामी रहेको अवस्थामा अहिले ५ चरणसम्म औषधि खुवाईसकेपछिको सर्वेक्षणमा संक्रमण नभेटीएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यंकले देखाएको छ । अब छैटौं चरणको औषधि खुवाएर अभियानलाई रोकिने र फेरी २ पटक सवेक्षण गरेपछी मात्रै हात्तिपाईले रोग निबारण भए नभएको थाहा हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले बताउनुभयो । स्वास्थ्यकर्मी र अन्य सरोकारवाला पक्षसंग अभिमुखीकरण कार्यक्रम पनि करिब अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । जिल्लामा यो वर्ष अभियान सञ्चालनका लागि ५४५ जना स्वास्थ्यकर्मी परिचालन हुने छन भने १५ सय ५ जना स्वंसेवक परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ५२ हजार ४ सय ९२ घरधुरीका २ लाख ३९ हजार ८ सय ७१ जनालाई हात्तिपाईले बिरुद्धको औषधि खुवाईने जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनुभयो । जिल्लामा यसअघिको तथ्यंक अनुसार ६१ जना हाईड्रोशिलका बिरामी थिए भने ४ जनमा कुरुपता समेत भएको र अन्य ८ जना रहेको तथ्यंक छ । हात्तिपाईले बईचेरीया ब्रोकफ्टी भन्ने परजिवीका कारण पोथि लामखुट्टेको टोकाईबाट संक्रमण हुने भन्दै यसबाट जटिल अवस्था भए कुरुपता समेत हुने जिल्ला स्वास्थ्य प्रमुख डा. अशोक कुमार शाहले बताउनुभयो । यो रोग कुष्ठरोग जस्तै भयानक रोग भएकाले यस बिरुद्धको औषधि खाएर यसबाट मुक्त हुन डा. शहले सुझाब दिनुभयो । यो वर्ष जिल्लाले हात्तिपाईले बिरुद्धको अभियानलाई समापन गर्ने चरणमा रहेको भन्दै फागुन १२, १३ र १४ गते सबैलई अ‍ैषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गर्भवती महिला, २ वर्ष मुनीका बालबालिका र सिकिस्त बिरमी बहेक अरु सबैलाई हात्तिपाईले बिरुद्धको औषधि सेवन गर्न पनि जिल्ला स्वास्थ्य कर्यालयले अपिल गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा भएको अन्र्त्क्रियामा पत्रकार महाँसंघका कार्यबाहक अध्यक्ष खम्म खत्रीले अभियानलाई सफल पार्न सबै सञ्चार माध्ययम र सञ्चारकर्मी प्रतिबद्ध रहेको जाँनकारी गराँउनुभयो । कार्यक्रममा जिल्ला स्थित राष्टिय तथा स्थानीय सञ्चार माध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY